१६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेला आयोजनाको मिति परिवर्तन सम्बन्धी सूचना



नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

१६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेला आयोजनाको मिति परिवर्तन सम्बन्धी सूचना
(सूचना प्रकाशन मितिः २०७५।०६।१६)

केन्द्रको मिति २०७५।०५।३० मा प्रकाशित सूचना अनुसार १६ औं नेपाल–चीन (तिब्वत) आर्थिक तथा व्यापार मेला मिति २०७५ आश्विन २४–२८ (October 10-14, 2018) सम्म चीन (तिब्वत) को ल्हासामा आयोजना हुने भनिएकोमा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प.सं. २०७५/७६ (वाणिज्य), च.नं. ७०४ र मिति २०७५।०६।१६ को पत्रानुसार उक्त मेला मिति २०७५ कार्तिक ८–१२ (October 25-29, 2018) सम्म आयोजना हुने उल्लेख भई आएको हुँदा सम्बन्धित सरोकारवालाहरुको जानकारीको लागि सूचित गरिन्छ । 

 Notice of change in date of event for 16th Nepal-China (Tibet) Economic and Trade Fair.pdf