Foreign Trade Statistics of Nepal [First eight months (Shrawan-Falgun) of Fiscal Year 2071-72]


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७१/७२ को प्रथम आठ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.७ प्रतिशतले वृद्धि भई रु.५६१.९० अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १०.१ प्रतिशत र ८९.९ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी ८.० प्रतिशतले ह्रास आई रु ५६.९२ अर्व तथा कुल पैठारीमा ८.७ प्रतिशतले वृद्धि भई रु. ५०४.९८ अर्व पुगेको छ। आ.व. २०७०/७१ को प्रथम आठ महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.५ भएकोमा आ.व. २०७१/७२ को सोही अवधिमा पनि निकासी― पैठारी व्यापारको अनुपात १:८.९ पुगेको छ।


 


Download file for more information: