निर्यात गृह सञ्चालन कार्यविधि, २०७६


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

मिति २०७६ श्रावण १७ गते शुक्रबार,

व्यापार तथा निकासी  प्रवर्द्धन केन्द्रको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक कार्यक्रम तथा बजेटमा “साना, लघु, घरेलु, मझौला उद्योगहरुबाट उत्पादित अलैंची, अदुवा, फेल्ट, फेसनका सामाग्री लगायत अन्य वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारसंग सम्पर्क स्थापित गर्न आवश्यक पर्ने विभिन्न किसिमका सेवाहरु उपलब्ध गराई निर्यात व्यापारलाई  प्रवर्द्धन गर्ने कार्य अघि बढाउन स्वच्छ व्यवसायी समूहसंग सहकार्य गर्दै निर्यात गृहको अवधारणा अघि बढाउने” कार्यक्रम उल्लेख भएवमोजिम मिति २०७६।०४।१७ गते केन्द्रका श्रीमान् कार्यकारी निर्देशकज्यूको समुपस्थिति एवं निजी क्षेत्रका सरोकारवालाहरुको सहभागितामा केन्द्रबाट तयार गरिएको निर्यात गृह सञ्चालन कार्यविधि, २०७६ को मस्यौदा अवधारणा उपर छलफल तथा अन्तरक्रिया कार्यक्रम केन्द्रको सभाहल ललितपुरमा आयोजना भएको थियो ।

वृस्तित समाचार-

Export House News 2076-4-17.pdf