Interaction programme


नेपाल सरकारद्धारा प्राथमिकतामा राखेको आर्थिक कुटनीतिक क्षेत्र विस्तारलाई अझ बढी प्रभावकारी बनाउन व्यापार तथा निकासी प्रवर्द्धधन केन्द्रका कार्यकारी निर्देशक श्री सरद विक्रम राणाज्यूको निर्देशन तथा संयोजकत्वमा मिति २०७४।४।२३ गते केद्रको सभा हलमा नेपाल र स्पेन विच हने व्यापार सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न गरियो । उक्त अवसरमा स्पेनका लागि नेपालका नव नियुक्त महामहिम राजदूत भरत बहादुर रायमाझीज्यूलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्श, नेपाल गलैचा निर्यात कर्ता संघ, केन्द्रिय गलैचा उद्योग संघ, फेल्ट उद्योग संघ, नेपाल हस्तकला महासंघ, नेपाल पश्मिना संघ र अन्य उद्योगी एवं व्यावसायीहरुका पदाधिकारी तथा प्रतिनिधिहरुबाट स्पेन स्थित नेपाली दुतावासले निकासी प्रवर्द्धधनमा खेल्न सक्ने भुमिका र सुझावहरु प्रस्तुत गरेका थिए । विशेष गरी गलैचा, पश्मिना र हस्तकलाका सामानहरुको माग उच्च हुनाका साथै बजार सम्भाव्यता पनि भएको हुनाले निर्यात अभिबृद्धि गरि वर्तमान अवस्थामा रहेको व्यापार घाटालाई न्यूनिकरण गर्नमा सहयोग पुग्ने सुझावहरु प्रस्तुत गरेका थिए । उक्त छलफल कार्यक्रममा महामहिम राजदूतज्युद्धारा आफ्नो कार्यकालमा नेपाल र स्पेन विचको सम्बन्धलाई प्रगाढ बनाउनका अतिरिक्त नेपालबाट निर्यात हने वस्तुहरुको प्रवर्द्धधनमा आफ्नो भुमिकालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विचार व्यक्त गर्नु भएको थियो । अन्तमा केन्द्रका कार्यकारी निर्देशकज्यूद्वारा राजदूतज्यूको कार्यकालमा नेपाल र स्पेन बिच व्यापार अभिवृद्धि हुने आशा व्यक्त गदै वहाँको कार्यकालको पुर्ण सफलताको कामना गर्दै सहभागिहरुलाई समेत उपस्थिति तथा छलफलका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

स्रोत 
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र