Foreign Trade Statistics of Nepal [ first two months (Shrawan - Bhadra) of fiscal year 2076-77 ]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७६/७७ को प्रथम दुई महिना (श्रावण–भाद्र) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति :

व्यापार तथा निकासी  प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७६/७७ को प्रथम दुई महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४ प्रतिशतले वृद्धि भई  रु.२४८.०० अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी २५.९ प्रतिशतले  वृद्धि भई रु १८.५० अर्व तथा कुल पैठारीमा १.२  प्रतिशतले ह्रास आई रु. २२९.५० अर्व पुगेको छ । आ.व. २०७५/७६ को प्रथम दुई महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१५.८ रहेकोमा आ.व. २०७६/७७ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१२.४ रहन आएको छ । 

First Two Months abstract 2076_77.pdf

First Two Months Tables 2076_77.pdf