Foreign Trade Statistics of Nepal [First three months (Shrawan-Ashwin) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम तीन महिना (श्रावण – आश्वीन) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याक अनुसार आ.व. २०७३/७४ को प्रथम तीन महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.८ प्रतिशतले वृद्धि भई  रु.२४०.६४ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.९ प्रतिशत र ९२.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ९.२ प्रतिशतले  वृद्धि भई आई रु १८.९९ अर्व तथा कुल पैठारीमा ६४.०  प्रतिशतले वृद्धि भई भई रु. २२१.६५ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम तीन महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १:७.८ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १:११.७ रहन आएको छ ।

Three month 2073-74.doc

Three month 2073-74.xlsx