Foreign Trade Statistics of Nepal [First ten months (Shrawan-Baisakh) of Fiscal Year 2073-74]


आ. व.२०७३/७४ को प्रथम दश महिना (श्रावण – बैशाख) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व.२०७३/७४ को प्रथम दश महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३०.७ प्रतिशतले वृद्धि भई  रु.८६८.३२ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.० प्रतिशत र ९३.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ७.७ प्रतिशतले  वृद्धि भई रु ६१.०७ अर्व तथा कुल पैठारीमा ३२.८  प्रतिशतले वृद्धि भई रु. ८०७.२५ अर्व पुगेको छ । आ.व. २०७२/७३ को प्रथम दश महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१०.७ भएकोमा आ.व. २०७३/७४ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.२ रहन आएको छ ।

ten month 2073-74.doc

FY 2073-74 First ten month.xls