Foreign Trade Statistics of Nepal [First six months (Shrawan-Paush) of Fiscal Year 2075-76]


नेपालको वैदशिक व्यापारको चालु आर्थिक वर्ष २०७५/७६ को प्रथम ६ महिना (श्रावण-पाैष) काे वस्तुस्थिति

व्यापार तथा निकासी  प्रवर्द्धन  केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम छ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.३ प्रतिशतले वृद्धि भई  रु.७६९.३५ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.९ प्रतिशत र ९४.१ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी ११.२ प्रतिशतले  वृद्धि भई रु ४५.४१ अर्व तथा कुल पैठारीमा २९.६  प्रतिशतले वृद्धि भई रु. ७२३.९४ अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम छ महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१३.७ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१५.९ रहन आएको छ ।

First Six Month 2075_76_abstract.pdf

First Six Months 2075_76_tables.pdf