नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।
आ. व.२०७५/७६ को प्रथम सात महिना (श्रावण-माघ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम सात महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२.७ प्रतिशतले वृद्धि भई रु.८८६.३५ अर्व पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.० प्रतिशत र ९४.० प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १२.२ प्रतिशतले वृद्धि भई रु ५३.०८ अर्व तथा कुल पैठारीमा २३.४ प्रतिशतले वृद्धि भई रु. ८३३.२७ अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम सात महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१४.३ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१५.७ रहन आएको छ ।