Foreign Trade Statistics of Nepal [First nine months (Shrawan-Chaitra) of Fiscal Year 2075-76]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७५/७६ को प्रथम नौ महिना (श्रावण–चैत्र) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति :

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम नौ महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा २०.२ प्रतिशतले वृद्धि भई  रु. ११३१.४७ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.२ प्रतिशत र ९३.८ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १७.५ प्रतिशतले  वृद्धि भई रु ६९.८२ अर्व तथा कुल पैठारीमा २०.४  प्रतिशतले वृद्धि भई रु. १०६१.६५ अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम नौ महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१४.८ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१५.२ रहन आएको छ । 

First Nine Months 2075_76.pdf

First Nine Months 2075_76_tables.pdf