Foreign Trade Statistics of Nepal [First four months (Shrawan-Kartik) of Fiscal Year 2075-76]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र
पुल्चोक, ललितपुर

आ.व.२०७५/७६ को प्रथम चार महिना (श्रावण–कार्तिक) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.१ प्रतिशतले वृद्धि भई  रु.५१३.०३ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५.७ प्रतिशत र ९४.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १०.७ प्रतिशतले  वृद्धि भर्ई रु २९.२८ अर्व तथा कुल पैठारीमा ३८.१  प्रतिशतले वृद्र्धि भई रु. ४८३.७५ अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम चार महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.२ भएकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१६.५ रहन आएको छ ।

First four Months 2075_76.doc

First four Months 2075_76.xls