Foreign Trade Statistics of Nepal [First four months (Shrawan - Kartik) of Fiscal Year 2070-71]


व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७०/७१ को प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.५ प्रतिशतले वृद्धि भई रु.२३९.४२ अर्व पुगेको छ। कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः १२.४ प्रतिशत र ८७.६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा नेपालको कुल निकासी १५.७ प्रतिशतले वृद्धि भई रु २९.६२ अर्व तथा कुल पैठारीमा ७.५ प्रतिशतले वृद्धि भई रु. २०९.८० अर्व पुगेको छ। आ.व. २०६९/७० को प्रथम चार महीनाको अवधिमा निकासी― पैठारी व्यापारको अनुपात १:७.६ भएकोमा आ.व. २०७०/७१ को सोही अवधिमा निकासी पैठारी व्यापारको अनुपात १:७.१ पुगेको छ।

 


Download file for more information: