Foreign Trade Statistics of Nepal [First eleven months (Shrawan-Jestha) of Fiscal Year 2075-76]


नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र पुल्चोक, ललितपुर ।

आ. व.२०७५/७६ को प्रथम एघार महिना (श्रावण–जेष्ठ) अवधिको नेपालको वैदेशिक व्यापार वस्तुस्थिति

व्यापार तथा निकासी  प्रवर्द्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम एघार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.७ प्रतिशतले वृद्धि भई  रु.१३८७.६७ अर्व  पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ६.३ प्रतिशत र ९३.७ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निकासी १९.२ प्रतिशतले  वृद्धि भई रु ८७.८३ अर्व तथा कुल पैठारीमा १६.६  प्रतिशतले वृद्धि भई रु. १२९९.८३ अर्व पुगेको छ । आ.व. २०७४/७५ को प्रथम एघार महीनाको अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१५.१ रहेकोमा आ.व. २०७५/७६ को सोही अवधिमा निकासी-पैठारी व्यापारको अनुपात १:१४.८ रहन आएको छ ।

First Eleven Month 2075_76_abstract.pdf

First Eleven Months 2075_76_tables.pdf